नेपालमा थपिए १,२२८ कोरोना संक्रमित,पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ ।योसंगै हालसम्म नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ४२ हजार ८ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो । ।

कुल संक्रमितमध्ये हाल १८ हजार ४ सय १३ वटा सक्रिय केशहरु छन् ।पछिल्लो २४ घण्टामा ९ सय १७ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुनेहरुको संख्या २४ हजार २ सय ७ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएसंगै मृतकको संख्या २५७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार