गौतमलाई राष्ट्रिय सभामा लगिने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त पदमा मनोनयनका लागि सिफारिस गर्ने नेकपा सचिवालयले निर्णय गरेको छ। बिहिबारको सचिवाय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने बताएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

अर्थमन्त्री समेत रहेका युवराज खतिवडाको राष्ट्रिय सभामा दुई वर्षे कार्यकाल सकिएपछि राष्ट्रपतिद्वारा मनोनित गरिने एक कोटा खाली रहेको थियो।गौतम प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा बर्दियामा कांग्रेसका संजय गौतमसँग पराजित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार