गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

कास्की । गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म गण्डकीमा सङ्क्रमित दुई हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा‍. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

पोखरामा मात्रै १६ कोरोना सङ्क्रमित थपिएका छन् । निर्देशनालयका अनुसार पोखरामा एक महिलासहित १६ जनामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये पोखरा–१५ मा सात जना नेपाल प्रहरीमा कार्यरत छन् । त्यसैगरी तनहुँमा दुई, लमजुङमा तीन, स्याङ्जा र बाग्लुङमा एक–एक तथा नवलपरासीमा १७ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार