रुपन्देहीमा एकै दिन तीनजना कोरोना संक्रमितको मृत्यु

भैरहवा । रुपन्देहीमा एकै दिन तीनजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। भैरहवास्थित भीम अस्पताल र कोरोना विषेश अस्पताल बुटवलमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको सम्बन्धित अस्पतालले पुष्टि गरेका छन्।कोरोना विषेश अस्पताल बुटवलका डा. सुदर्शन थापाका अनुसार उक्त अस्पतालमा उपचार गराइरहेकी कपिलवस्तुको कृष्णनगरकी ६० वर्षीया महीलाको मृत्यु भएको हो।

त्यसैगरी भैरहवास्थित भीम अस्पतालमा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ६ का ५७ वर्षीय पुरुष र नवलपरासीको रामग्राम नगरपालिका ५ की ६५ वर्षीया महीला छन्।यी मध्ये ५७ वर्षीय पुरुषको हृदयघात भएर मृत्यु भएको अस्पतालले जनाएको छ। उनमा कोरोना पोजेटिभ देखिएपछि १५ भदौमा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। himalkhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार