नेपालमा अहिलेसम्मकै धेरै १,३५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा १ हजार ३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ३ सय ५९ जनासहित देशभर संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको जानकारी दिनुभयो । यस्तै पछिल्लो २४ घण्टामा १,३५४ जना निको भएका छन् भने कुल निको हुनेको संख्या २५,५६१ पुगेको छ।त्यसैगरी मृतकको संख्या २७१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार