भूँजीखोला बाढी अपडेट : मृत्यु हुनेको संख्या १५ पुग्यो, २३ अझै वेपत्ता

बागलुङ । भूँजीखोलमा आएको बाढीले बगाएर ज्यान गुमाउने थप एक जनाको शव फेला परेको छ ।भदौ १७ गते राती भेल पहिरो सहित आएको भूँजीखोलाले तटीय क्षेत्र ध्वस्त पार्दा १४ जनाको मृत्यु भएको थियो भने २४ वेपत्ता भएका थिए । वेपत्तामध्ये १ जनाको शव भेटिएपछि मृतकको संख्या १५ पुगेको छ ।

शनिबार बिहान एक जनाको शव ढोरपाटन नगरपालिका—९ बोबाङमा फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाका प्रमुख प्रकाशसिंह भण्डारीले बताए । शवको पहिचान भने हुन सकेको छैन । बाढी पहिरोमा हराएका अझै २३ जना भेटिएका छैनन् उनीहरुको खाजीका लागि नेपाली सेना र नेपाल प्रहरी टोली निरन्तर खाटिरहेको छ ।

बाढीले ८० घरमा पूर्ण रुपमा क्षति पु¥याएको छ भने ५१ घरमा आंशिक क्षति पुगेको छ । भूजीखोलमा पर्ने ११ वटा विद्युत गृह बगाएको छ । बाढीले बुर्तिबाङ–ढोरपाटन सडक समेत क्षतविक्षत बनाएपछि सवारी साधन आवत जावतमा समस्या भएको छ । सडक नहुँदा उद्धारका साथै राहत सामग्री पुराउन कठिन भएको छ । baglungpost

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार