कोरोना अपडेट : ९७९ संक्रमित थपिए,११ जनाको मृत्यु

काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङ प्रवक्ता डा. जागेश्वर गोतमले दिनुभएको जानकारी अनुसार देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ ।

जसमा संस्थागत आइसोलेशनमा ९ हजार ६९ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार १९० रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ७३६ रहेको छ । यस्तै निको हुनेको कुल संख्या ३० हजार ६७७ जना पुगेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । यसैबीच कोरोनाबाट बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ३०० पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार