तरुणदल मालिका गाउँपालिकाद्धारा दुखुमा एकल महिलाको घर पुर्ननिर्माण

बेनी । नेपाल तरुणदल ,मालिका गाउँपालिकाले एकल महिलाको भत्किएको घर पुर्ननिर्माण गरिदिएको छ । मालिकाको वडा नम्बर ६ ,दुखु स्थित एकल महिला कुमारी रोका मगरको घर पुर्ननिर्माण गरी हस्तान्तरण गरिएको तरुणदल मालिका गाउँपालिकाले जनाएको छ । पुर्ननिर्माणका लागि तरुणदलले २६ थान तिनको छाना सहयोग संगै श्रमदान गरेको अध्यक्ष राजु जुग्जालीले जानकारी दिनुभयो । उहाँका अनुसार तरुणदलको नेतृत्वमा स्थानीय आमा समुह ,युवा क्लब लगायतले श्रमदान गरेका थिए ।

श्रीमानको मृत्यु भएपछि कुमारी चार छोराछोरी सहित माइती घरमा बस्दै आउनुभएको थियो । कुमारीको परिवार बस्दै आएको माइती घरको पिढी तर्फको छाना भत्किएको र अन्य संरचना पनि जिर्ण भएकाले तरुणदलको नेतृत्वमा स्थानीय आमा समुह ,क्लब लगायत स्थानीयको संयुक्त श्रमदानमा घर पुर्ननिर्माण गरी एकल महिला कुमारी रोका मगरलाई हस्तान्तरण गरिएको अध्यक्ष जुग्जाली मगरको भनाई छ ।

सासु नभएको र ससुराले पनि अर्की श्रीमती ल्याएपछि पारिवारीक मिलाप नहुँदा कुमारी माइतीको घरमा बस्दै आउनुभएको हो । छोराछोरीको सानै उमेरमा श्रीमानको मृत्यु भएपछि कुमारीलाई छोराछोरी हुर्काउन तथा जिवन गुजारा गर्न मुस्कील परेको छ ।

‘श्रीमानको मृत्यु पछि छोराछोरी सहित कुमारी माइतीको पुरानो र चर्किएको घरमा बस्दै आउनुभएको थियो ,घरको पिढीतर्फको संरचना भत्किएको र अन्य संरचना पनि चर्किएर जिर्ण भएकाले घर पुर्ननिर्माण गरी हस्तान्तरण गरेका छौं ,’– अध्यक्ष जुग्जालीले भन्नुभयो । ‘छोराछोरी सानै भएको र आर्थिक अवस्था कमजोर भएकाले कुमारीलाई जिविका चलाउन मुस्किल हुने गरेको छ । छोराछोरीको पढाइमा पनि सहयोग गर्ने योजना छ । ’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार