बागलुङको ढोरपाटन बाढी : मृतक संख्या २१ पुग्यो, १७ जना अझै बेपत्ता

बागलुङ । बागलुङ्गको ढोरपाटनको बाढीमा मृत्यु हुनेको संख्या २१ पुगेको छ। गत भाद्र १७ गते राति पहिरो सँगै आएको बाढीमा अझै १७ जना बेपत्ता छन् ।बेपत्ता खोज्ने क्रममा बुधबार एक महिला र एक पुरुषको शव बडिगाड गाउँपालिका–६ स्थित बडिगाड खोलामा फेला परेको ईलाका प्रहरी कार्यालय वुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए।दुवै शवको सनाखत हुन सकेको छैन।शवलाई बुर्तिवाङस्थित बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।

मंगलबार दुई महिलाको बडिगाड खोलामा शव फेला परेको थियो।बडिगाड गाउँपालिका ६ र ७ नम्बर वडाको बडिगाड खोला किनारमा २५ वर्षिया कुमारी बिक र २५ वर्षीया चनी बिकको शव फेला परेको थियो।१९ जनाको शव पहिचान पश्चात परिवारलाई जिम्मा लगाएर अन्त्येष्टि गरिसकिएको छ। अधिकांश शव बाढीले बगाएको गाउँ भन्दा धेरै तल क्षतविक्षत अवस्थामा फेला परेको भण्डारीको भनाइ छ।

भूजिखोलामा खसेको पहिरोका कारण आएको बाढीले ढोरपाटनका ८० घर बगाएको थियो।बाढीले भूजीखोलामा पर्ने ११ वटा विद्युत गृह र नहर बगाउँदा ढोरपाटनका तीन वडा अन्धकार बनेको छ।बाढीले बुर्तिबाङ–ढोरपाटन सडक समेत बगाउँदा यातायात समेत ठप्प भएको छ।यसले गर्दा राहात सामग्री समेत पुर्‍याउन कठिन परेको छ।

बाढीले ढोरपाटन ९ स्थित लाकुरीबोट स्वास्थ्य चौकीको भवन, जनचेतना प्राविको ४ कोठे भवन, सरस्वती प्राविको २ कोठे भवन, भुजीखोला लघु जलविधुत आयोजनाको ५ वटा शाखा मध्ये ४ वटा भवन, सडक छेउमा पार्किङ गरेर राखेको जीप पनि बगाएको छ।annapurnapost

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार