चितवनमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा बिहीबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।भरतपुर महानगरपालिका-११ का ६२ वर्षीय पुरुषको बिहीबार दिउँसो १२ बजेर २० मिनेट जाँदा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वास समस्या देखिएपछि भदौ २० गते अस्पतालमा भर्ना भएका उनको भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा बिहीबार उनको मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

योसँगै जिल्लाका अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । एक जना वृद्धाको घरमा नै मृत्यु भएको थियो । मृत्युहुनेमा चितवनका १३, मकवानपुरका ५, नवलपरासी सुस्ता पूर्वका ३ तथा बारा, गोर्खा र कैलालीका एकरएक जना रहेका छन् । nagarikkhabar.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार