५ शशस्त्र प्रहरी सहित तनहुँ र नवलपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

कास्की । पाँच जना शशस्त्र प्रहरी सहित गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान तनहुँका ५ शशस्त्र प्रहरी सहित १० जना र नवलपुरका २१ जना गरी प्रदेशमा थप ३१ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।

निर्देशनालयका अनुसार तनहुँको भानुमा कार्यरत ३२ ,३२ र ३२वर्षका ३ जना र ३१/३१ वर्षका २ जना शशस्त्र प्रहरी, भानु १ का ४५ वर्षीय पुरुष र २७ वर्षीया महिला, भानु ६ का ४२ र ५१ बर्षीय पुरुष तथा ६२ वर्षीया महिला र नवलपुर कावासोतीका २४, २५ र ४८ वर्षका पुरुष तथा बिनयत्रिबेणीका १३ देखि ४० वर्ष उमेर समुहका ७ महिला र १८ देखि ७४ वर्ष उमेर समुहका ११ पुरुषमा कोरोना पुष्टि भएको हो । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय ९५ पुगेको छ । संक्रमित सबैलाई सम्बन्धित ठाउँकोे आइसोलेशनमा राख्ने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार