कोरोनाबाट तनहुँकी एक ७६ वर्षीया महिलाको मृत्यु

तनहुँ । तनहुँकी कोरोना संक्रमित एक महिलाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–४ निवासी ७६ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार भदौ २४ गते काठमाडौंस्थित मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र शिक्षण अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । मुटु सम्बन्धी रोगबाट ग्रसित ती महिला भदौ २० गते अस्पतालमा भर्ना भएकी थिइन् । भदौ २३ गते उनलाई कोरोना पुष्टि भएको थियो ।

योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको पोखरामा, व्यास नगरपालिका–२ की २० वर्षीया युवती र म्याग्दे गाउँपालिका–१ की ९६ वर्षीया महिलाको काठमाडौंमा मृत्यु भएको थियो । कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार