कोरोना अपडेट:१ हजार ३९ जना संक्रमित थपिए

काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार यससँगै नेपालमा कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७३० र होम आइसोलेशनमा ७ हजार ३८७ जना रहेका छन् । बितेको २४ घन्टामा पीसीआर ९ हजार १८५ जनाको भएको छ ।यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार १७३ जना निको भएका छन् भने निको हुनेको कुल संख्या ३८ हजार ६९७ पुगेको छ । यसैबीच आज थप ९ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३४५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार