पर्वतको फलेवासमा बाढीले बगाएर तीन बर्षिया बालिकाको मृत्यु

पर्वत । पर्वतमा बाढीले बगाउँदा एकको मृत्यु भएको छ । फलेवास नगरपालिका–४,मुडिकुवामा स्थानीय इन्द्रजित विककी तीन बर्षीया बालिका निकिता विकको मृत्यु भएको वडा अध्यक्ष टिकाराम गौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार परिवारसंगै कटेरोमा बसिरहेको समयमा अचानक बाढी आएपछि परिवारसंगै भाग्न खोज्दा बगाएर निकिताको ज्यान गएको हो बाढीले कटेरो बगाएको छ भने मृतक तीन बर्षिया बालिकाको शव घर भन्दा केही तल भेटाइएको थियो ।

यसैगरी ,सोही वडाको चुरीमा रामप्रसाद तिवारी गोठ पुरिएको छ । गोठ पुरिँदा एउटा गोरु पनि मरेको छ । क्षतीको पूर्ण विवरण आउन बाँकी रहेको वडा अध्यक्ष गौडेलले बताउनुभयो ।दोबिल्ला फलेवास सडक समेत पहिरोले क्षतबिक्षत भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार