बागलुङको जैमिनीमा पहिरोले पुरिएर एक जनाको मृत्यु

बागलुङ । बागलुङ, जिल्लाको जैमिनी नगरपालिका–१,कुश्मिशेरामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।निरन्तर परेको अविरल वर्षातका कारण घरमाथिदेखि झरेको पहिरोले पुरिएर जैमिनी नगरपालिका वडा नम्बर १ कुश्मिशेरा, टुनीबोटका ६८ वर्षीय हरिकृष्ण शर्मा,पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ,बागलुङका सुचना अधिकारी तथा प्रहरी निरीक्षक हेम केसीले जानकारी दिनुभयो । पहिरोले पुरिएर बेपत्ता शर्माको आज सोमबार विहान शव भेटिएको हो ।

सुचना अधिकारी तथा प्रहरी निरिक्षक केसीका अनुसार परिवारका अन्य सदस्य भने सकुसल रहेका छन् ।आइतबार पनि जैमिनी नगरपालिका वडा नम्बर १ र ५ मा पहिरोले धनजनको क्षति पु¥याएको छ ।पहिरोले स्थानीय पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्न बहादुर क्षत्री र तारादेवी शर्माको घरमा पूर्ण रुपमा क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

उद्धारका लाथि घटनास्थलमा नेपाली सेना र प्रहरी परिचालन गरी उद्दारको काम भइरहेको प्रहरीको भनाई रहेको छ । दुई दिन यता निरन्तर भइरहेको वर्षाका कारण कमजोर जमिन भत्केर पहिरो जाँदा बागलुङको जैमिनी नगरपालिकामा ठूलो क्षति भएको छ ।

बाढी पहिरोले जैमिनीमा ठुलो क्षति पु¥याएको नगरपालिकाका उपमेयर लिला रानाले बताउनुभयो । उहाँले बर्षा नरोकिएकाले कुन वडामा कति क्षति भयो भन्ने विस्तृत विवरण आउन बाँकी रहेको घटना स्थलमा रहेका उपमेयर रानाले बताउनुभयो ।
तस्बिर सौजन्य ः धु्रव राना मगर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार