गण्डकीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु ,८ संक्रमित थपिए

कास्की । गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप आठ जनामा कारोना संक्रमण देखिएको हो । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३०२० पुगेको छ । संक्रमित मध्ये कास्कीमा तीन जना ,नजलपरासीमा चार जना र तनहुँमा एक जना रहेका छन् ।

यसैगरी ,कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ । नवलपरासी (ब.सु.पू.) जिल्ला, गैंडाकोट–९की ६२ बर्षिया महिलाको मृत्यु भएको स्वाथ्य निर्देशानलय गण्डकीले जनाएको छ ।

संक्रमित महिला निमोनिया ,मधुमेह र उक्त रक्तचाप लगायत समस्याका कारण चितवन मेडिकल कलेजमा उपचाररत हुनुहुन्थ्यो । उपचाररत महिलाको आइतबार राती उपचारको क्रममा मृत्यु भएको थियो । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २९ पुग्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार