नवलपरासी । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत पूर्वी नवलपरासीका एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ । देवचुली नगरपालिका–११ का ३१ वर्षीय पुरुषको शुक्रबार बिहान निधन भएको हो ।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि भदौ २५ गते भर्ना गरिएको थियो । पीसीआर परीक्षण गर्दा ती युवकलाई २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससँगै पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ । कान्तिपुरबाट साभार