गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि

कास्की । गडकी प्रदेशमा थप ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिकामा मात्र १७ सहित गण्डकी प्रदेशमा ५६ जना कोरोना संक्रमित थपिएको जनाएको छ ।

निर्देशनालयले पोखराको वडा नं १ का ३८ वर्षीय पुरुष तथा पोखरा ३ की ५४ वर्षिया महिला ,वडा १ का ७ वर्षीय बालक, पोखरा ७ का २५, ३०,३४, ३५ र ३८ वर्षका पुरुष , पोखरा १६ का ३३ वर्षीय पुरुष, पोखरा १९ का २ र ७ वर्षीय बालक, २६ र ४० वर्षका पुरुष तथा २० वर्षीया एक र ३२ – ३२ वर्षका ३ महिलामा समेत कोरोना पुष्टि भएको जनाएको छ ।

त्यसैगरी, निर्देशनालयले तनहुँ देवघाट ५ का २७ र ५८ वर्षका पुरुष तथा शुक्लागण्डकी ४ का १६ र २१ वर्षीय पुरुष, स्याङजाका ५४ वर्षीय पुरुष एवं नवलपुर देबचुली, गैंडाकोट र कावासोतीका ४ वर्षीय बालकदेखि ७७ वर्ष उमेर समुहका २४ पुरुष तथा १५ वर्षीया बालिका देखि ६० वर्ष उमेर समूहका १० महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।यस सँगै गण्डकी प्रदेशमा कोरोना सङक्रमितको सँख्या ३ हजार ३ सय ३६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार