सप्तरीमा थप ३८ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत थप ३८ जना प्रहरी कर्मचारीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार साँझको पीसीआर परीक्षण रिपोर्ट अनुसार थप ३८ प्रहरीमा संक्रमण देखिएको प्रदेश–२ प्रहरी कार्यालयका एक अधिकृतले रातोपाटीलाई बताए ।

दश दिनअघि सप्तरीका प्रहरी उपरिक्षक (एसपी) सहित २० जनालाई संक्रमण देखिएको थियो । उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परिक्षण गर्दा थप प्रहरीलाई संक्रमण देखिएको हो । शुरुमा प्रहरी उपरिक्षक सहित सिनियर अधिकृतमा लक्षण देखिएपछि पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । सप्तरीमा संक्रमित प्रहरीको संख्या ५८ पुगेको छ ।

तीमध्ये २५ जना जिल्ला प्रहरी कार्यालयकै आइशोलेशनमा छन् । अन्यलाई गजेन्द्र नारायण सिंह मेमोरियल अस्पतालको आइसोलेशनमा राखिएको छ । संक्रमित मध्ये ८ जना प्रहरी कोरोना जितेर नियमित ड्युटीमा फर्किसकेका छन् ।रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार