नवलपुरका ३१ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु

पोखरा । नवलपुुरमा कोरोना संक्रमणबाट ३१ वर्षीय युवकको निधन भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कोरोना बिहीबार राति १२ बजेर १८ मिनेट जाँदा उनको कोरोना संक्रमणबाट निधन भएको हो ।

उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । भदौ २५ गते अस्पताल भर्ना भएका उनको स्वाब जाँच गर्दा २६ गते संक्रमण पुष्टि भएको थियो । मृगौला र श्वासप्रश्वासको समस्या युवकमा रहेको थियो । नवलपुरका देवचुली ११ का मृतक पुरुष कोरोना संक्रमणबाट ज्यान गुमाउने गण्डकीका ३२ औँ संक्रमित हुन् । पछिल्लो अपडेटअनुसार गण्डकीका संक्रमितको संख्या ३३३६ पुगेको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार