महोत्तरीमा सवारी दुर्घटना, सैनिकसहित दुई जनाको मृत्यु

जनकपुरधाम । महोत्तरीमा सवारीसाधन एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।बर्दिबास नगरपालिका–६ किसानगरमा उक्त दुर्घटना हुँदा प्रमोद राम र नेपाली सेनाका सिपाही देव बहादुर खपाङ्गीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी राजन चापागाईले बताए।

शनिबार साँझ बर्दिवास–६ किसानगरमा विपरित दिशाबाट आइरहेको पिकअप भ्यान र मोटरसाइकल ठोक्किएको थियो। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि धनुषास्थित लालगढ मोडेल अस्पताल पठाइएको थियो।

त्यहाँ प्राथमिक उपचार गरी थप उपचारका लागि प्रमोदलाई धरान र देवबहादुरलाई काठमाडौं रिफर गरिएको थियो । प्रमोदको धरानमा र देवबहादुरको बाटोमै मृत्यु भएको डिएसपी चापागाईले बताए ।सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार