झापाका ८६ वर्षीय कोरोना संक्रमितको मृत्यु

विराटनगर । बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचारको क्रममा झापाको भद्रपुर नगरपालिका १० का कोरोना संक्रमित ८६ वर्षीय एक वृद्धको बुधबार बिहान मृत्यु भएको छ । ज्वरो, नियमोनिया, श्वासप्रश्वास, मधुमेह र मिर्गौलासम्बन्धी समस्या लिएर आइतबार अस्पताल भर्ना भएका उनलाई आईसीयूमा भर्ना गरी उपचार थालेको र स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

पीसीआर परीक्षण रिपोर्ट मंगलबार पोजिटिभ आएको उनको उपचार गर्दा गर्दै पनि बुधबार बिहान मृत्यु भएको अस्पताल प्रशासन प्रमुख सुधीरसिंह राठौरले बताए । प्रदेश १ मा हालसम्ममा ५७ जनाको कोरोना संक्रमितको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयको तथ्यांकले जनाएको छ ।ekantipur.comबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार