कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा दुई जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा थप दुईजनाको मृत्यु भएको छ । ललितपुरको धापाखेलका ८० वर्षीय पुरुष र पाटनका ७४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

भदौ ५ गते अस्पताल भर्ना भएका धापाखेलका पुुरुषको हिजो बेलुकी मेघा अस्पतालमा र भदौ १६ गते अस्पताल भर्ना गरिएका पाटनका पुरुषको अल्का अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । nagarikkhabar.com बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार