देशभर ११७२ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै १८९३ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमित हुनेहरुको संख्या ६७ हजार ८ सय ४ पुगेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा एक महिला र ६ पुरुष गरी ७ को कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार