स्याङ्जा पहिरोमा परेको मध्य ८ जनाको शव निकालियो, १ जनाको जिवितै उद्धार

काठमाडौं । स्याङ्जामा पहिरोका कारण ८ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिकामा पहिरोको कारण ८ जनाको मृत्यु भएको स्याङ्जाका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।

गए राति २ बजे कालिगण्डकी–४ गोतामेडाँडामा खसेको पहिरोले दुईवटा घर पुरेको हो । गोतामेडाँडामा पहिरोले पुरेर १६ वर्षीय विष्णु बहादुर दमाईको मृत्यु भएको छ । प्रहरीले उनको शव निकालेको छ ।

यता, वालिङ नगरपालिका–१४ स्थित तमादीडाँडामा बिहान साढे ५ बजे खसेको पहिरोले माया नेपालीको घरमा बसेका २ जनालाई पुरेको छ ।

‘माया नेपालीको घरबाट ७ जनाको शव निकालेका छौँ,’ जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होविन्द्र बोगटीले भने–‘अर्का १ जनालाई जिवित उद्धार गरेका छौँ, घरभित्र २ जना पुरिएका छन्, उद्धार कार्य हुँदैछ ।’ माया नेपालीको घरमा १० जना थिए । तमादी डाँडा जिल्ला सदरमुकामबाट ३८ किलोमिटरको दुरीमा छ ।

जिवितै उद्धार गरिएकी वर्ष १६ की मनिषा नेपालीलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखराको लागि रिफर गरिएको छ । मृत्यु हुनेमा हालसम्म सनाखत भएका उमाकला नेपाली, माया नेपाली, दिपक नेपाली, सानी नेपाली र विवश नेपाली रहेका छन् । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार