कांग्रेसका सांसद श्रेष्ठलाई कोरोना संक्रमण

नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोनाभाइरस संक्रमण भएको छ। शनिबार स्वाब परीक्षण गराएका श्रेष्ठको आइतबार रिपोर्ट पोजेटिभ आएको हो।

हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठले आफूलाई कोरोना संक्रमण देखिएको बताए। बिहीबार रूघाखोजी र ज्वरो आएको थियो। हिजो प्राइभेट ल्यावमा स्वाब परीक्षण गर्न दिएको थिएँ, आज रिपोर्ट पोजेटिभ आयो,’ उनले भने, ‘होम आइसोलेसनमा बसेको छु। ज्वरो, रूघाखोकी निको भइसकेको छ।’

उनले यसअघि सांसद विनोद चौधरीलाई भेटेका थिए। कोरोना देखिएका सांसद चौधरी निको भइसकेका छन्। सांसद चौधरीसँग भेट भएपछि दश दिनअगाडि पनि स्वाब परीक्षण गराएको थिएँ। त्यसबेला नेगेटिभ आएको थियो,’ उनले भने। आफूसँग प्रत्यक्ष भेटघाट गरेकाहरूलाई आवश्यक सजगता अपनाउन पनि सांसद श्रेष्ठको आग्रह छ।सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार