कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी कोभिड–१९ (कोरोना भाइरस) संक्रमित भएका छन्। कन्ट्याक्ट ट्रेसिङ गर्दा उनीमा कोरोना पुष्टि भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

उक्त कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरसको लक्षण देखिएको थियो। त्यसपश्चात् प्रदेश प्रमुखले स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको छ।’

हाल प्रदेश प्रमुखको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। प्रदेश प्रमुख कलौनीलाई होम आइसोलेसनमा राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।nagariknews.nagariknetwork बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार