कोरोनाबाट कर्णाली प्रदेश अस्पतालका डाक्टरको मृत्यु

सुर्खेत । कारोनाबाट कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सक डा. हरिप्रसाद सापकोटाको बिहीबार दिउँसो मृत्यु भएको छ । दुई सातादेखि नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा उपचाररत सापकोटाको दिउँसो करिब ३ बजे मृत्यु भएको हो ।

प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्काका अनुसार मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका सापकोटालाई सुरुदेखि नै आईसीयूमा अक्सिजन दिएर राखिएको थियो । डा. खड्कासहितको टोली बिहीबार ४ बजे नेपालगन्जतर्फ गएको छ । डा सापकोटा वरिष्ठ हार्डजोर्नी रोग विशेषज्ञ हुन् ।

योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । मंगलबार घरमै मृत अवस्थामा भेटिएकी ३५ वर्षीया एक महिलामा बुधबार कोरोना पुष्टि भएको थियो ।ekantipurबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार