कोरोनाका कारण कञ्चनपुरकी एक सुत्केरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरकी २९ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। महेन्द्रनगर २ कञ्चनपुरकी सुत्केरीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।

उनले एक छोरा र एक छोरी जन्माएकी थिइन्। बच्चा जन्मेपछि उनलाई उच्च रक्तस्रावको समस्या भएको थियो। उनको पाठेघरको अप्रेशन गरी ८ प्वाइन्ट रगत दिइएको महेन्द्रनगरस्थित सेती अस्पताल प्रशासनले जानकारी दिएको छ । गत असोज १४ गते उनको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

रिपोर्ट पोजेटिभ आएपछि उनलाई थप उपचारका लागि लागि बाँकेस्थित शिक्षण अस्पताल कोहलपुर पठाइएको थियो। असोज १५ गते बेलुका ४ बजे भर्ना गर्दा उनको अवस्था जटिल बनिसकेको अस्पताल प्रशासनले जानकारी दिएको छ। नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार