भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

चितवन । भरतपुरको सरकारी अस्पतालमा उपचार गराइरहेका एकजना कोरोना संक्रमित पुरुषको आइतबार बिहान मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार कोरोना भाइरसको संक्रमण देखिएका चितवन कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुष शुक्रबार साँझ भरतपुर अस्पताल भर्ना भएका थिए । उनको आइतबार बिहान ६ बजेर ३५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालले निकालेको विवरण अनुसार खोकी र श्वासप्रश्वासको समस्या देखिएका उनको अस्पतालको कोभिड आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

चितवनमा योसहित कारोना संक्रमण देखिएका ४२ जनाको निधन भएको छ । जसमा चितवनका मात्रै २३ जनाको निधन भएको छ । चितवनमा कोरोना संक्रमण तीव्र बन्दै गएको छ । स्वास्थ्य कार्यालयका अनुसार शनिबार दिउँसोसम्म संक्रमितको संख्या २ हजार १६६ छ । निको भएका १ हजार ३०३ जना छन् । ekantipurबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार