सर्वोच्चका न्यायाधीशसहित केही कर्मचारीमा कोरोना संक्रमित पुष्टि

काठमाडौं । सर्वोच्चका केही न्यायाधीशहरु होम क्वारेन्टिन÷सेल्फ आइसोलेसनमा बसेका छन् । सर्वोच्चका एक न्यायाधीशसहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि न्यायाधीशहरु होम आइसोलेशनमा बसेका हुन् ।

सर्वोच्चले आइतबार एक सूचना जारी गर्दै एक न्यायधीशलगायत केही अधिकृत र कर्मचारी कोरोना संक्रमित भएको र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु होम आइसोलेशनमा बसेको जनाएको छ ।

न्यायाधीशहरु होम आइसोलेशनमा भएपछि आज न्यायाधीश मनोज शर्माको इजलासमा मात्र पेसी तोकिएको छ । हाल सर्वोच्चमा ३ दर्जनको हाराहारीका कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ। रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार