कोरोनाबाट रुपन्देहीमा थप एक जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएकी बुटवल उपहानगरपालिका-१३ की ६५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । ज्वरो, श्वासप्रश्वासको समस्या लिएर आइतबार बिहान अस्पतालको फिभर क्लिनिकमा भर्ना भएकी उनको उपचारका क्रममा साँझ मृत्यु भएको थियो ।

सोमबार आएको उनको पीसीआर टेष्टको रिपोर्ट पोजेटिभ रहेको अस्पतालले जनाएको छ ।अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार