बुटवलमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवलकी एक महिलाको आज बिहान र नवलपरासीका एक जना पुरुषको गएराती मृत्यु हो।

बुटवल उपमहानगरपालिका ९की ५५ वर्षे महिला र नवलपरासीको सुनवल ५ का ७६ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा बिष्णु गौतमले बताए। असोज १७ गते संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरीएकी महिलालाई सुख्खा खोकी र उच्च ज्वरोको समस्या देखिएको थियो। नवलपरासीका पुरुषमा दम,उच्च रक्तचापको समस्या रहेका उनलाई पनि ज्वरो र सुख्खा खोकीको समस्या देखिएपछि अस्पताल भर्ना गरीएको थियो।

रुपन्देहीमा अहिलेसम्म कोरोना संक्रमणबाट ३१ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा अधिकांस मृगौला,मुटु,दम तथा उच्च रक्तचाप तथा सुगर रोगका बिरामी छन्। केही दिर्घरोग नलागेका र ५० वर्ष मुनीका महिला पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाले बताए। अस्पतालमा अहिले ४० जना संक्रमितको उपचार भइरहेको छ। ती मध्ये १५ जना आइसीयुमा छन्।nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार