बाग्लुङका ३० सैनिकसहित गण्डकी प्रदेशमा ६२ जनामा कोरोना पुष्टि

कास्की । गण्डकी प्रदेशका तीन जिल्लामा ६२ जना कोरोना संक्रमित थपिएका छन । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिए अनुसार कास्कीका २१, बाग्लुङका ३६ र लम्जुङका ५ गरी ६२ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

बाग्लुङ जिल्लाका २९ पुरुष र १ महिला नेपाली सेनामा कार्यरत रहेका छन । त्यस्तै २ जना पुरुष नेपाल प्रहरीका रहेका छन । १ पुरुष र १ महिला बाग्लुङ जिल्ला इजलासमा कार्यरत कर्मचारी रहेका छन । त्यसैगरी पोखरा महानगरपालिका वडा नंबर १५, १४, ४, २२, १, ३२ र १७ का ७ जना भारतबाट आएका हुन ।त्यस्तै वडा नंबर १६ की ३३ बर्षीया महिला नेपाल टेलिकम पोखरा शाखामा कार्यरत कर्मचारी हुन ।

संक्रमितहरु सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसनमा ब्यवस्थापन गर्ने तयारी भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद बिन्दु शर्माद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार