गुल्मीको इस्मामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं । गुल्मीको इस्मामा शुक्रबार बिहान जिप दुर्घटाना हुँदा ५ जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् । इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप हुलामै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण कुमार श्रेष्ठले ५ जनाको मृत्यु भएको जानकारी दिँदै थप विवरण आउन बाँकी रहेको बताए ।

घटना स्थलमा रहेका स्थानीय समाज सेवि माधव पौडेलका अनुसार जिप दुर्घटनामा नेपाली सेनाका दुई सैनिक जवानको ज्यान गएको छ । घर बिदा आएका त्यस गाउँका अन्दाजी ३५ वर्षीय धनबहादुर दर्लामी र सोही गाउँका अर्का सैनिक जवान उस्तै उमेरका शिवबहादुर दर्लामीको मृत्यु भएको छ । दर्लामीकी श्रीमती सरस्वती दर्लामी घाइते छन् ।

सैनिक जवानहरु पल्टनमा हाजिर हुन जाँदै गरेको स्थानीयको भनाइ छ । मृतक दर्लामी र उनका भाइ वसन्त दर्लामीको पनि मृत्यु भएको पौडेलले बतए । मृतक ५ जना मध्ये हुला गाउँ कै अन्दाजी ६० वर्षीय डम्बरबहादुर हितान र करिब करिब ८० वर्षीया सुन्दरी नाम गरेकी तर थर खुल्न नसकेकी एक वृद्धा रहेको बताइएको छ।

प्रहरीले घटनाबारे यकिन विवरण तयार पार्दैछ । जीप चालक बुद्धबहादुर बस्नेत सकुशल छ्न् । उनलाई इस्मा प्रहरी चौकीबाट पुगेको प्रहरीले नियन्त्रणमा लिएको छ । सहचालक कमल हितानको हात भाँचिएको छ । थप विवरण आउन बाँकी छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार