विप्लव समूहका एक कार्यकर्ता काभ्रेबाट पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ परेका छन्। प्रहरीले काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ६ का २७ वर्षीय सन्देश भन्ने बुद्ध लामालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार उनी जिल्ला कमिटीका सदस्य हुन्। उनलाई आइतबार राति पौने ७ बजे बनेपा नगरपालिका-१० बसपार्कस्थितबाट प्रहरीले पक्राउ गरेको हो। उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार