नयाँ बानेश्वरमा बैंकका सुरक्षागार्डलाई खुकुरी प्रहार गरेको आरोपमा एक पक्राउ

काठमाडौं । नयाँ बानेश्वरको ग्लोबल आइएमई बैंकका सुरक्षागार्डलाई खुकुरी प्रहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा नयाँ बानेश्वर-३१ थापागाउँका ३१ वर्षीय शशी थापा छन्।

उनलाई थापागाउँबाटै पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।गत असोज २९ गते सुरक्षागार्ड रुद्रबहादुर मगरलाई थापाले खुकुरी प्रहार गरेका थिए।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका मगरको अहिले पनि उपचार जारी छ।त्यसयता फरार भएका थापालाई प्रहरीले बुधबार बिहान थापागाउँमा फेला पारेको थियो।सुरक्षागार्डलाई किन खुकुरी प्रहार भयो भन्नेबारे विस्तृत रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सेतोपाटीबाट सााभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार