सात दिनभित्र उखु किसानको बक्यौता रकम भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले सात दिनभित्र आन्दोलनरत उखु किसानको बक्यौता रकम भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई रकम भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

आज बसेको समिति बैठकले चिनी मिलबाट किसानले पाउन बाँकी रकम सात दिनभित्र दिलाउन निर्देशन दिएको समितिले जनाएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार