सिडेनको अध्यक्षमा देउवा समूहका थानी विजयी

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को सिडेनको अध्यक्षमा उमेश थानी विजयी भएका छन् ।

सिडेनको छैटौं अधिवेशनमा शेरबहादुर देउवा पक्षका थानीले रामचन्द्र पौडेल पक्षका ध्रुव थापालाई १५० मत पराजित गरेका हुन् । थापालाई कृष्णप्रसाद सिटौला समूहको साथ रहे पनि देउवा पक्षकै थानी बाजी मार्न सफल भए ।

कोरोना महामारीका कारण १० महिना ढिलो गरी भएको सिडेनको निर्वाचनमा थानी र थापा प्यानलसहित मैदानमा उत्रिएका थिए । अध्यक्षसहित पाँच पदाधिकारी र १३ सदस्यमा थानी र थापा समूहले प्यानल नै खडा गरेका थिए ।

तर अध्यक्षमा थानी आए पनि १८ सदस्यीय कार्यसमितिका लागि भएको प्रतिस्पर्धामा २ सदस्य बाहेक सबै थापा प्यानलबाट विजयी भएका छन्। थापाको समूहका उपाध्यक्ष मन्दीप सुवेदी, महासचिव रोशनराज गिरी, उपमहासचिवमा सुमन पुडासैनी र कोषाध्यक्षमा श्याम दाहाल विजयी भएका छन्।

सदस्यहरुमा सौगात रेग्मी, प्रवेश अधिकारी, निरज बराल, सुजित कोइराला, मानबेन्दै निधी, पुरुषेत्तम शर्मा, पुनम पाल, नारायण कुमार घिमिरे, हरिस बोहरा, सुदर्शन कुमार पौडेल, प्रपुजा केसी, सुजन पौडेल र लिलता केसी निर्वाचित भएका छन् ।

शनिबार भएको निर्वाचनमा कुल २ हजार ८ भोट खसेको थियो । बागमती प्रदेशको निर्वाचन केन्द्र काठमाडौँमा १ हजार ६६४ र काठमाडौँबाहिरका अन्य ६ मतदान केन्द्रमा ३४४ मत खसेको थियो । जसमा थानीले काठमाडौँ केन्द्रबाट १ हजार ४२ र थापाको पक्षमा ९ सय ९ मत पाए। त्यस्तै, काठमाडौँबाहिरको अन्य ६ केन्द्रमा थानीले १७ भोटले लिड गरेका थिए ।

जितपछि अध्यक्ष थानीले निर्वाचन परिणामसँगै प्यानल सकिएको भन्दै सबैलाई साथ लिएर काम गर्ने बताएका छन् । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार