लम्बोदरलाई ‘हाजिर जमानी’मा छाड्ने सरकारी वकिलको निर्णय

काठमाडौं । नेपाल इन्जिनियररिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर कुमार न्यौपाने हाजिर जमानीमा छुटेका छन् । जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले उनलाई हाजिर जमानीमा थुनामुक्त गर्ने निर्णय गरेपछि उनी रिहा भएका हुन् ।

ठगी र किर्ते मुद्धामा अनुसन्धान सकेर केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरेको थियो । तर, सरकारी वकिलले ‘अनुसन्धान पुरा नभएको’ भन्दै उनको मुद्दा अगाडि बढाउन अस्वीकार गरेको छ ।

‘केन्द्रीय अनुसन्धान व्यूरोको अहिलेसम्मको अनुसन्धानबाट थप अनुसन्धान गर्नुपर्ने देखियो’ सरकारी वकिल कार्यालय भक्तपुरका प्रमुख नवराज पराजुलीले रातोपाटीसँग भने, ‘अनुसन्धान पुरा नभएको हुनाले मुद्धा दर्ता गर्न सकेनौं ।’

सरकारी वकिलले अदालतमा मुद्धा दर्ता नगरी अनुसन्धान फायल प्रहरीलाई नै फिर्ता गरेपछि लम्बोदरलाई ब्यूरोले हाजिर जमानिमा थुनामुक्त गरेको छ । न्यौपानेलाई हिरासत मुक्त गरिएको केन्द्रीय अनुसन्धान व्युरोका डिआईजी सहकुल बहादुर थापाले रातोपाटीलाई बताए । सरकारी वकिल कार्यालयले थप पाँचवटा शीर्षकमा अनुसन्धान पुरा रेर फाइल पेश गर्नका प्रहरीलाई भनेको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार