देशभर थपिए ७४२ कोरोना संक्रति , ७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ सय ४२ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ९५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार