म्याग्दीमा थप ७ जनामा कोरोना संक्रमण

बेनी । म्याग्दीमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार शंकास्पद बिरामीहरुको पुष ५ गते १० वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार मंगला-५  म्याग्दी बस्ने वर्ष ५५ को पुरूष १ जना, हाल बेनीनगरपालिका ७ बस्ने वर्ष ४८,३०,२७ र ४३का पुरूष ४ जना र बेनी-९ का वर्ष २६ का पुरुष १ जना तथा बेनी- बस्ने वर्ष २४ का महिला १ जना गरी जम्मा ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यो संगै म्याग्दीमा  कोरोना संक्रमितको संख्या १७९ जना (महिला ४३ र पुरुष १३६) पुगेको छ । हाल सम्म जम्मा २२९७ वटा नमुना संकलन गरी पठाएकोमा २२९७ वटा कै रिपोर्ट प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार