म्याग्दी उवासंघका अध्यक्ष कर्माचार्य गण्डकी प्रदेश कार्यकारिणी सदस्यमा निर्वाचित

म्याग्दी । म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्य नेपाल उद्योग बाणिज्य महासंघको गण्डकी प्रदेश समितिको कार्यकारिणी सदस्य पदमा निर्वाचित हुनुभएको छ । शनिवार पोखरामा सम्पन्न चौथो प्रदेश सभा तथा दोस्रो कार्यकारिणी समितिको निर्वाचनमा सर्वसम्मत रुपमा जिल्ला नगरतर्फ प्रदेश सदस्य पदमा कर्माचार्य निर्वाचित हुनुभएको हो ।

निर्वाचन अघि कर्माचार्यलाई म्याग्दी उद्योग बाणिज्य संघले कोषाध्यक्ष पदको उम्मेदवारको रुपमा घोषणा गरेको थियो । नयाँ समिति चयन गर्दा सर्वसम्मत रुपमा नेतृत्व चयनका क्रममा सदस्य पदमा सहमती गरिएको जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार