म्याग्दीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पुस ९ गते ७ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार अर्घाखाची घर भई हाल बेनीबजार बस्ने वर्ष ३८ का पुरूष १ जना, नवलपुर घर भई हाल बेनीबजार बस्ने वर्ष ३३ का पुरूष १ जना, बाग्लुङ घर भई हाल बेनीबजार बस्ने वर्ष ४२ का पुरूष १ जना, पर्वत जलजलाका वर्ष ३८ को पुरूष १ जना, नवलपरासी घर भई हाल बेनी बस्ने वर्ष ४६ का पुरूष १ जना गरि ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यो सगै म्याग्दी जिल्लामा कोरोना संक्रमितको संख्या १९० जना (महिला ४४ र पुरुष १४६) पुगेको छ । हाल सम्म जम्मा २३१६ वटा नमुना संकलन गरी पठाएकोमा २३१६ वटा को रिपोर्ट प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार