३६ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित झापा दमकबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-२ का २१ वर्षीय कनैया गनगाईं र २० वर्षीय राजकुमार गनगाईं छन्।

बिहीबार साँझ इलाका प्रहरी कार्यालय दमकको टोलीले सेतुमारी रोडमा चेकजाँच गर्दा उनीहरूको साथबाट ३६ ग्राम ब्राउनसुगर बरामद गरेको हो। उनीहरू सवार को२१प १०३ नम्बरको मोटरसाइकल रोकेर तलासी लिँदा उनीहरूको साथबाट ब्राउनसुगर बरामद भएको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए।

ब्राउनसुगर भारतीय बजारहुँदै नेपाल तस्करी हुने गरेको छ। नेपालबाट अवैध रुपमा निकासी गरिने गाँजा, चरेस र अफिम प्रशोधन गरी भारतमा ब्राउनसुगर बन्ने गरेको छ। त्यही ब्राउनसुगर नेपाली बजारमा पुनस् ल्याएर महंगो मूल्यमा बिक्री गर्ने समूह सक्रिय छ।

पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरी उपरीक्षक भट्टराईले बताए। यस्तै, बिहीबार अपराह्न नै झापा मेचीनगर-६ बाट मोरङ उर्लाबारी-२ का ३२ वर्षीय सुजन परियार पक्राउ परेका छन्। भारतबाट नेपाल आउँदै गरेका उनको शरीरबाट लागुऔषध लुपिजेसिक १० एम्पुल, फेनारागन १० एम्पुल र डाइजेपाम १० एम्पुल बरामद भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार