बाँकेमा कोरोनाबाट एक स्वास्थ्यकर्मीको मृत्यु

बाँके । बाँकेमा कोरोना भाईरस संक्रमणका कारण एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत ४७ वर्षीया सिनियर अनमी रमा भारतीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

भेरी अस्पताल नेपालगन्जमा उपचार गराईरहेकी भारतीको आज विहान ५ः२७ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकले जानकारी दिएको छ।

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अनमी भारती माघ १३ गते भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना भएकी थिईन । यससँगै बाँकेमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सँख्या ५२ पुगेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार