आगो ताप्ने क्रममा जलेर एकको मृत्यु

सप्तरी । सप्तरीमा जाडो छल्न आगो तापिरहेकी एकजना वृद्धाको जलेर मृत्यु भएको छ । जिल्लाको सुरुङ्गा नगरपालिका वडानम्बर २ हर्दिया निवासी ७५ वर्षीया कमलीदेवी पासवानको घुरको आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार राति आफ्नै घरमा आगो तापिरहेकी पासवानले लगाएको सारीमा आगो सल्किँदा उनको शरीरमा आगो लागेको थियो । आगो लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि लहान लगिए पनि शुक्रबार बिहान मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले बताए ।अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार