म्याग्दीमा थपिए १२ जना कोरोना संक्रमित

म्याग्दी ।
म्रिस्तिखोला हाईड्रोमा काम गर्ने कन्ट्याक्ट ट्रेसिङमा  परेका व्यक्तिहरुको मिति यही १६ गते ७६ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार अन्नपूर्ण गाउँपालिका वडा नं ४ मा रहेको  सोही हाईड्रोमा काम गर्ने वर्ष ३७ की एक जना महिला र क्रमशः वर्ष २१, २३, २७, २८, ३१, ३३, ३७, ३७, ४४, ५४ र ५६ का पुरुष ११ जना गरी जम्मा १२ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ कार्यालय म्याग्दीले जनाएको छ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २४९ जना (महिला ५७ र पुरुष १९२) पुगेको छ । हाल सम्म म्याग्दी जिल्लामा २५३० वटा पिसिआर नमुना परिक्षणका लागि पठाएकोमा २५३० वटाकै नतिजा प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार