नेपाली काँग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : डा.संग्रौला

म्याग्दी । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाकी सदस्य  सांसद डा. डिला संग्रौलाले काँग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी भएको बताउनुभयो । काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजबादी पाटी मिलेर नयाँ सरकार बनाउने तयारी भइरहेको जानकारी दिनुभयो। शनिबार बेनीमा नेपाल प्रेस युनियन म्याग्दीले आयोजना गरेको पत्रकार सम्मेलनमा संग्रौलाले संसद पुर्नस्थापना प्रश्चात केपी ओली सरकारमा बस्ने नैतिकता नभएको बताउनुभयो। उहाँले अविश्वासको प्रश्तावबाट ओली सरकार हटाएर नयाँ सरकार बनाउने तीन पार्टीबिच गृहकार्य भएको जानकारी गराउनुभयो ।

सरकारले संघियता कार्यान्वयन गर्न, शान्ति सुरक्षा सुशासन र नीति अनुसारको बजेट ल्याउन नसकेको आरोप समेत लगाउनुभयो । उहाँका अनुसार, ओलीको नेतृत्वमा रहेको सरकारले भष्ट्रचार संस्थागत गरेको छ, शिक्षा,स्वास्थ्य, खानेपानी अभावसंगै खाद्यान्नमा मुल्य बृद्धि गर्दै जनतालाई सास्ती दिएको छ । बजेट अभावले गौरवका आयोजना अलपत्र भएको अवस्थामा सरकार बालुवाटारमा बसेर रिमोटबाट बजेटविहिन योजनाहरु उद्घाट्नमा ब्यस्त बनेको छ ।

‘कोरोना भाईरसको महामारीको नियन्त्रण तथा खोप लगाउने कार्यक्रममा सरकार जिम्मेवार बनेको छैन्’नेपाल महिला संघकी निवर्तमान सभापति समेत रहनुभएकी सांसद डा. संग्रौलाले भन्नुभयो । ‘भष्ट्रचारीलाई संरक्षण र नक्कली राष्ट्रबाद देखाउनमा सरकार ब्यस्त छ ।’ नयाँ सरकार बनाउने गृहकार्य कर्णाली प्रदेशबाट सुरु भएको बताउदै गण्डकी प्रदेशबाट केन्द्रिय सरकार परिवर्तन हुने बताउनुभयो । देशमा नाकाबन्दी भइरहेको बेलामा आर्थिक नाकाबन्दी विरुद्ध पाटी बोल्न नसक्नुमा आत्मआलोचना गर्दै नेतृत्वले गल्ती स्विकार गर्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेस १४ औँ महाधिबेशनको तयारीमा रहेको जानकारी दिंदै नीति र एजेण्डामा रहेर नयाँ नेतृत्व चयन हुने जानकारी गराउनुभयो । लोकतान्त्रिक मूल्यमान्यता संरक्षणमा काँग्रेस प्रतिवद्ध रहेको उहाँको भनाई छ । नेपाल प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्माको सभापतित्व र सचिव साधन राम्जालीको संचालनमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी ,नेपाल महिला संघ केन्द्रीय सदस्य गिरिजा न्यौपाने र महिला संघ म्याग्दीकी सभापति बिमला गौचन लगायतको उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार