४४ औं पटक हिमाल आरोहण गरेर निर्मल पूर्जाले बनाए विश्वकीर्तिमान,अक्सिजनबिनै १४ अग्ला हिमाल चढेर बनाउँदै नयाँ विश्वकीर्तिमान

म्याग्दी । विश्वकिर्तिमानी पर्वतारोही निर्मल पूर्जा ‘निम्स दाइ’ले विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये १३ वटा हिमाल बिना अक्सिजन सफल आरोहण गर्नुभएको छ । इलाईट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडका सहसंस्थापक मिङ्मा डेविड शेर्पाले १५ महिनामा सक्ने लक्ष्य भएपनि मौसमका कारण सम्भव नभएको बताउनुभयो ।

‘‘निम्स पुर्जा दाइले नयाँ कीर्तिमान गर्ने क्रममा अहिलेसम्म विना अक्सिजन विश्वका १४ वटा मध्ये १३ वटा हिमालको सफल आरोहण गरिसक्नुभएको छ । अब चीनको तिब्बत स्थित आठ हजार मिटर अग्ला मध्ये सबैभन्दा होचो  सिसपाङ्गा हिमाल (८०१२) चढ्न बाँकी छ ,’’उहाँले भन्नुभयो ,‘‘गत सिजनमा पाकिस्तानका पाँच वटा हिमाल विना अस्क्सिजन २४ दिनमा सफल आरोहण गर्नुभएको थियो ।’’उक्त हिमालको आरोहणमा जानको लागि प्रक्रिया सुरु भएको उहाँको भनाइ छ ।

अन्नपूर्ण प्रथम हिमालको सफल आरोहणसँगै पुर्जाले विश्वका आठ हजार मिटर भन्दा अग्ला सबै हिमालहरुको सबैभन्दा बढी ४४ औं पटक सफल आरोहण गरी अर्को विश्व कीर्तिमान कायम गर्नुभएको छ । विश्व कीर्तिमान कायम गर्ने क्रममा पूर्जाले गत शनिबार दिउँसो १२ बजेर १५ मिनेटमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङ स्थित १०औं अग्लो अन्नपूर्ण प्रथमको सफल आरोहण गर्नुभएको हो । म्याग्दीमा जन्मनुभएका पुर्जाले पर्वतारोणहको क्षेत्रमा विभिन्न कीर्तिमानी कायम गर्नुभएको छ । ‘‘अस्तिअन्नपुर्णको सफल आरोहण सँगै निम्स दाइले छोटो समयमा विश्वका आठ हजार मिटर उचाइ भन्दा अग्ला हिमालहरुको सबैभन्दा बढी ४४ औं पटक सफल आरोहण गरेर अर्को नयाँ विश्वकीर्तिमान कायम गर्नुभएको छ ,’’शेर्पाले भन्नुभयो । पुर्जाले यसअघि सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर नयाँ कीर्तिमान कायम गरिसक्नुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार